३० आश्विन २०८३, शुक्रबार

अचानक पाकिस्तान पुगेका मोदीले लाहोरमा के-के गरे ? (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-sarif-1

नयाँ दिल्ली (भारत), १० पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आकश्मिक रुपमा शुक्रबार पाकिस्तान पुगी उहाँका पाकिस्तानी समकक्षी प्रधानमन्त्री नवाज सरिफसँग भेट गर्नुभएको छ ।

उहाँको पाकिस्तान भ्रमणबारे ट्वीटमार्फत सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री स्वयम्ले आफूले प्रधानमन्त्री सरिफलाई भेटगरी उहाँको जन्मदिनको अवसरमा शुभकामना दिएको जनाउनुभएको छ ।

इकवाल विमानस्थलमा स्थानीय समयअनुसार शुत्रबार ४ बजेर २० मिनेट जाँदा प्रधानमन्त्रीको विशेष आईएएफ बोइङ ७३७ विमानमार्फत अवतरण गर्नुहुँदा उहाँलाई रातो कार्पेट विछ्याई स्वागत गरिएको थियो ।

विमानस्थलबाट प्रधानमन्त्री मोदी सिधै पाकिस्तानी सहर लाहोरस्थित पाकिस्तानी प्रधानमन्त्रीको सरकारी निवासमा पुग्नुभएको थियो ।

modi-sarif-2मोदी सन् २००४ मा तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयी पछि पाकिस्तानको भ्रमण गर्नु हुने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ । संयोगबस मोदीको पाकिस्तान भ्रमण भएकै दिन शुक्रबार पूर्वप्रधानमन्त्री बाजपेयीको ९१ औँ जन्मदिबस परेको छ ।

बाजपेयी इस्लामाबादसँग नयाँ दिल्लीको सम्बन्धलाई नयाँ शीराबाट सुरुगरी दुई छिमेकीबीचको सम्बन्धलाई सुमधुर राख्ने प्रयास गर्ने भारतीय नेता हुनुहुन्छ ।

modi-sarif-1भारतीय प्रधानमन्त्री मोदी र उहाँका पाकिस्तानी समकक्षीबीच एक हप्ताअघि भएको अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको अवसरमा पेरिसमा भेट भएको थियो । भेटले भारत–पाकिस्तानबीच गएको केही महिनादेखि देखिँदै आएको चिसो सम्बन्धलाई तोड्दै सकारात्मक बाटो लिने विश्वास लिइएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदी र उहाँका पाकिस्तानी समकक्षी सरिफबीच भारत–पाकिस्तानबीच देखिँदै आएको असहज परिस्थितिलाई दुई देशबीच बृहद् वार्ता गरी अघि बढ्न हालै पेरिसमा भएको भेटमा दुवै नेता सहमत भएका थिए ।

मोदीको पाकिस्तान भ्रमणलाई मध्यनजर गर्दै पाकिस्तानको लाहोर क्षेत्रको सुरक्षास्थितिलाई मजबुत पारिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीका प्रवक्ताले जनाएअनुसार उहाँ करिब दुई घण्टा पाकिस्तानमा रहने कार्यक्रम तय भएको हो ।

modi-sarif

पाकिस्तानी प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री मोदीलाई सरिफकी नातिनी मेहरुन निशाको सरिपफ निवासमा हुने विवाहमा सहभागी हुनका लागि आमन्त्रण गरेको बताइएको छ ।

सम्भवत प्रधानमन्त्री मोदी पाकिस्तानी प्रधानमन्त्री सरिफको निवासमा भेट गर्न जाने कार्यक्रम छ । स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

मोदीको आकस्मिक भ्रमणका बारे ट्वीट गर्दै भारतीय गृहमन्त्री सुष्मा स्वराजले भन्नुभएको छ, राजनेताको आफ्ना छिमेकीसँगको सम्बन्ध प्रधानमन्त्री मोदीको जस्तो हुनुपर्छ भन्दै भ्रमणको प्रशंसा गर्नुभएको छ । रासस/पीटीआई