
– विमल योगी
काठमाडौं, १० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान समस्याको निकास खोज्न सत्तारुढ दल र आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ ।
शुक्रबार साँझ सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको केन्द्रीय पदाधिकारी बैठकले मुलुकलाई निकास दिन शनिबार सत्तारुढ दल नेकपा एमाले, एमाओवादी र आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्ने निर्णय गरेको हो ।
वार्ताको मिति र स्थान भने तोकिएको छैन् । कांग्रेस महामन्त्री प्रकाशमान सिंहका अनुसार बैठकमा मधेस आन्दोलन, संविधान संशोधन विधेयक र भारतीय नाकाबन्दीबारे छलफल भएको छ ।
संविधान संशोधनमार्फत मधेस आन्दोलन समाधान हुने र नाकाबन्दी खुल्ने भएकाले संशोधन विधेयकमा मधेसवादी दलका माग र सत्तारुढ दलको धारणा बुझेर निष्कर्षमा पुग्न कांग्रेसले वार्ता गर्न लागेको हो ।
यसअघि कांग्रेस सभापति सुशील कोइरालाले कांग्रेसकै नेतृत्वमा देशले निकास पाउने र संविधान कार्यान्वयन हुने दाबी गरेका थिए । बैठकमा हिजो विस्तार भएको मन्त्रिपरिषदमा नेताहरुले असन्तुष्टि जनाएका छन् । मन्त्रालय टुक्र्याउने निर्णयको कांग्रेसले विरोध गरेको छ ।












प्रतिक्रिया