१ कार्तिक २०८३, आइतबार

यस्ता छन् नेपाल र ओली समूहका पदाधिकारी उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौँ, २६ असार । नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओली समूहले आफ्ना तर्फबाट उम्मेदवार हुने पदाधिकारीको अन्तिम टुङ्गो लगाएका छन् ।

नेपाल समूहले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित र राजेन्द्र पाण्डेलाई उठाएको छ ।

यसैगरी नेपाल समूहले महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुसाल तथा सचिवमा वेदुराम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, पर्शुराम मेघी गुरुङ् र भीम आचार्यलाई उठाएको छ ।

ओली समूहले उपाध्यक्षमा वामदेव गौतम, विद्यादेवी भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथ शाहलाई उठाएको छ । महासचिवमा ईश्वर पोखरेल यसअघि नै घोषित भइसक्नुभएको छ । उपमहासचिवमा विष्णु पौडेल र शङ्कर पोखरेल तथा सचिवमा प्रदीप ज्ञवाली, विष्णु रिमाल, केशवलाल श्रेष्ठ, पृथ्वी सुब्बा गुरुङ र रघुवीर महासेठलाई उठाएको छ ।

केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार बिहीवार बिहान १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता भएको छ । निर्वाचन भने शुक्रवार हुने छ ।