१ कार्तिक २०८३, आइतबार

नेपाल र ओलीको प्यानलबाट नौ मन्त्रीको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-madhav

काठमाडौँ, २६ असार । नेतृत्व छनोटका लागि राजधानीमा जारी नेकपा एमालेको नवौँ महाधिवशेनमा संसदीय दलका नेता केपी शर्मा ओलीको प्यानलबाट ६ जना र वरिष्ठ नेता माधवकुमार नेपालको प्यानलबाट ३ जना बहालवाला मन्त्रीले केन्द्रीय कमिटिमा उम्मेदवारी  दिनुभएको छ ।

नेता ओलीको तर्फबाट उपाध्यक्षमा बामदेव गौतम, महिलामा राधा ज्ञवाली र खुलामा महेन्द्र पाण्डे, खगराज अधिकारी र कर्ण थापाले उम्मेदवारी दिनुभएको छ । नेता ओलीकै प्यानलबाट जनजातिबाट दलवहादुर रानाले उम्मेदवारी दिनु भएको छ ।

यता नेता नेपालको तर्फबाट उपाध्यक्षमा लालबाबु पण्डितले उम्मेदवारी दिनु भएको छ । सचिवमा भिम आचार्यले उम्मेदवारी दिनु भएको छ । केन्द्रीय कमिटिमा पुरुषोतम पौड्यालले उम्मेदवारी दिनु भएको छ । ओली प्यानलका गौतम गृह तथा उपप्रधानमन्त्री हुनुहुन्छ ।

ज्ञवाली उर्जा, पाण्डे परराष्ट्र, अधिकारी स्वास्थ्य, थापा उद्योग, राना भूमिसुधार मन्त्री हुनुहुन्छ । त्यसैगरी नेपाल समूहका पण्डित सामान्य प्रसाशन र आचार्य नागरिक पर्यटन तथा उड्ययन मन्त्री हुनुहुन्छ । पौड्याल खेलकुद मन्त्री हुनुहुन्छ ।