१ कार्तिक २०८३, आइतबार

सेती नदीले बगाएर युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????????????????????????

पोखरा, २६ असार । कैलाली जिल्लाको रतनपुर गाविस घर भई लेखनाथ नगरपालिकाको मजुवामा बस्दै आएका २४ वर्षीय वीरेन्द्र चौधरीको सेती नदीले बगाउँदा मृत्यु भएको छ ।

सोही ठाउँमा रहेको स्टोन एग्रोभेटमा काम गर्दै आएका चौधरीले मोटरबाट नदीको पानी तान्न जाँदा बुधबार बेलुका चिप्लिएर पानीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनको शव तनहुँको शुक्ला गण्डकीस्थित चुइने मुडा भन्ने स्थानमा फेला पारिएको छ । शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।