२३ कार्तिक २०८३, सोमबार

कांग्रेस मधेसका जनताको मुख्य दुश्मन, एमाले र एमाओवादी सहायकः नेता त्रिपाठी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hyardesh-Tripathi

– नरेश केसी
भैरहवा, १० पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले अहिलेको अवस्थामा मधेस आन्दोलन असफल भए मुलुकमा साम्प्रादायिकता बढ्ने जनाएका छन् ।

भैरहवामा शुक्रबार विहान पत्रकारसंग कुराकानी गर्दै पूर्वमन्त्री समेत रहेका त्रिपाठीले भने– ‘अहिले मधेसमा जारी आन्दोलन असफल भयो भने साम्प्रादायिकता बढ्नेछ, जनतामा शान्तिपुर्ण आन्दोलनप्रति विश्वास घट्नेछ र पृथकतावादी सोचको विकास हुन्छ ।’

नेता त्रिपाठीले संघियतालाई धरापमा पार्नेगरी सरकारकै केही मन्त्रीहरु लागिरहेको जनाए । उनले भने– ‘सरकारका केही मन्त्रीहरु नै संघियतालाई जोखिममा पार्न खोज्दैछन् । यदि संघियता जोखिममा पर्यो भने सिंगो राष्ट्र नै संकटमा पर्दछ ।’

Morcha (1) नेता त्रिपाठीले मधेसी जनताको मुख्य अपराधी कांग्रेस भएको तर्क गर्दै भने ‘यो कांग्रेस नै तराई मधेसका जनताको मुख्य अपराधी हो । त्यसपछि एमाले र एमाओवादी सहायक हुन् ।’

नेता त्रिपाठीले सरकारले शुरु गरेको प्रक्रिया स्वागत योग्य भएको जनाउदैं तराई प्रदेश मधेसीको मात्रै नभएको जनाउदै भने– ‘केही अबुझहरुले तराईलाई मधेसीको मात्रै भनेर वकालत गरिरहेका छन् । यो तराई हिमाल पहाड र तराईको संगम हो ।’

Morcha (2)पत्रकार भेटघाट कार्यक्रममा तमलोपा केन्द्रिय सदस्य तथा सांसद कमलेश्वर पुरी, तमलोपा रुपन्देही अध्यक्ष अजय बर्मा, उपाध्यक्ष अजय गुप्ता, नवलकिसोर टण्डन, अब्दुल रहमान खान लगायतको उपस्थिती रहेको थियो ।