२३ कार्तिक २०८३, सोमबार

मेलमिलापका साथ मुलुकको विकासमा प्रेरणा मिलोस् : प्रधानमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oliकाठमाडौं, १० पुस । प्रधानमन्त्री केपी ओलीले क्रिसमसका उपलक्ष्यमा सम्पूर्ण इसाई नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

विभिन्न भाषाभाषी, जातजाति, धर्म र संस्कृतिले सुसज्जित हाम्रो मुलुकको गरिमा र पहिचान नै विविधतामा एकता हो भन्दै यहाँका हरेक जातजातिको फरक फरक वेशभूषा, रहनसहन र संस्कृतिले आआफ्नो पहिचान र संस्कृतिको प्रतिनिधित्व गरेको उहाँले आफ्नो सन्देशमा बताउनुभएको छ ।

इसाईको महान् पर्व क्रिसमसको आफ्नै मौलिकता, परम्परा र संस्कृति रहेको बताउँदै उहाँले सम्पूर्ण नेपालीबीच बन्धुत्व, एकता, हार्दिकता र धार्मिक सहिष्णुता कायम रहिरहोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, ‘आजको दिनले आपसी सद्भाव र मेलमिलापका साथ मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिल्ने छ भन्ने विश्वास लिएको छु ।’

‘एकताको पर्व होस्’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले क्रिसमस २०१५ का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीको सुख, शान्ति, समृद्धिको कामना गर्नुभएको छ ।

आफ्नो शुभकामना सन्देशमा उहाँले सम्पूर्ण इसाईको महान्पर्व ख्रिष्टमसले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता तथा सांस्कृतिक विविधताको सम्मान र सम्वद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै किराँत समुदायको मुख्य पर्व उधौलीका उपलक्ष्यमा पनि उहाँले शुभकामना सन्देश जारी गरी यस पर्वले सम्पूर्ण किराँत समुदायको एकताको पर्वका रुपमा विकास गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ । रासस