काडमाडौँ, २६ असार । प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोको क्यान्सरको रेडियो थेरापी सफलतापूर्वक पूरा भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
कोइरालाको हेरचाहमा रहनु भएकी कांग्रेस नेतृ मृदुला कोइरालाका अनुसार केही दिनको आराम पछि कोइराला स्वदेश फर्किनु हुने छ ।
कोइराला अहिले राष्ट्रसंघीय नियोगस्थित आवासमा आराम गरिहनु भएको छ ।
कोइरालाको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
















प्रतिक्रिया