
पोखरा, ९ पुस । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले प्रमुख तीन राजनीतिक दल एक ठाउँमा नबसी संविधानको कार्यान्वयन नहुने बताउनुभएको छ ।
नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले केन्द्रदेखि स्थानीय तहसम्म संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले नै गर्ने विचार व्यक्त गर्नुभयो ।
संविधानमा उल्लेख भएका समानुपातिक र समावेशीताका बुँदा जनताको घरघरमा बुझाउन नसक्दा मधेसी जनता आन्दोलित भएको धारणा राख्दै उहाँले संविधानले निर्दिष्ट गरेका विषयलाई जनतामाँझ प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले काँग्रेसको आशन्न तेह्रौँ महाधिवेशनबाट देश र पार्टी हाँक्न सक्ने जुझारु नेतृत्व चयन गर्नुपर्ने धारणा राख्नु भयो । रासस














प्रतिक्रिया