
– रबिना बोहरा
बागलुङ, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अमर्यादित व्यवहारप्रति बागलुङका महिला अधिकारकर्मीहरुले गम्भीर आपत्ति जनाएका छन् ।
अन्तरपाटी महिला सञ्जाल बागलुङले बिहीबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी घोर भर्सना गरेका हुन् । विवाहा पञ्चमीको अवसरमा जनकपुरको जानकी मन्दीर पुग्नुभएकी राष्ट्रपति भण्डारी महिला भएकै कारण गरिएको व्यवाहार अमानवीय तथा अमर्यादीत भएको भन्दै आपत्ति जनाएका थिए । पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति अब एउटा पार्टीको मात्रै नभै राष्ट्रकै प्रमुख व्यक्ति भएकाले सबै राजनैतीक दलका महिला संगठनहरु एक भएर दोषीलाइ कारवाहीको माग गर्दै शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
महिलाहरुले देशको सबैभन्दा उच्च ओहदाको व्यक्ति माथी भएको दुव्र्यवहारले महिला शसक्त्तीकरणको लागि आजसम्म भएका उपलब्धीहरु गलत सावित भएको बताएका थिए । नेकपा एमालेकी बैकल्पिक केन्द्रिय सदस्य तथा मनकुमारी केसीले देशले महिला राष्टपति पाउ“दा सम्पुर्ण महिलाहरुको ठुलो उपलब्धी भएको खुसीयाली राम्रोसंग मनाउन नपाउ“दै राष्ट्रपति माथी भएको दुव्र्यवहार मानवता विरोधी भएको भन्दै घटनाको छानबिन गरी दोषीमाथी कडा कारवाहीको माग गर्नुभयो । त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी प्रति भएको दुव्र्यवहारले राष्ट्रको कुन पदसम्म पुग्दा महिला शसक्त्तीकरण पुरा हुन्छ भनेर सोच्न सबै बाध्य भएको बताउनु भएको थियो ।
कार्यक्रममा अखिल नेपाल महिला संघ बागलुङकी अध्यक्ष लक्ष्मी बास्कोटाले महिलाहरुको अहिले सम्मको अन्दोलन पदहरुमा तेत्तीस प्रतिशतमा मात्र सिमीत भएको भएपनि राष्ट्रपति माथी भएको अमानवीय क्रियाकलापले आन्दोलनको स्वरुप परिर्वतन भएर चिन्तन, विचार र संस्कृतीको आन्दोलन सुरु भएको बताउनु भएको थियो । मानव अधिकारका लागि एकल महिला की अध्यक्ष्ँ खड्क कुमारी खड्काले श्रीमान नभएपनि परिवार र छोराछोरी भएको भन्दै एकल महिला भनेर समाजले महिलाहरुमाथी राख्ने कु–दृष्टिमा परिर्वतन ल्याउनु पर्ने बताउनु बताउनु भएको थियो ।














प्रतिक्रिया