बर्दिया, ९ पुस । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय वनरक्षकले नेपाली नागरिकमाथि गोली प्रहार गरेका छन् ।
भारत उत्तरप्रदेश बहराईच जिल्ला मुर्तिहा स्थित वनका कर्मचारीले गोली प्रहार गर्दा बर्दिया गुलरिया–१२ टेपरीका २१ वर्षीय शेर बहादुर डांगी घाइते भएका छन् ।
बर्दियाका प्रहरी प्रवक्ता डीएसपी नेत्रमणी केसीले घाँस दाउरा लिन गएको समयमा वनरक्षकले गोली प्रहार गर्दा शेरबहादुरको टाउकोमा छर्रा लागि घाईते भएको जानकारी दिए ।
केसीका अनुसार घाइते शेरबहादुरलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । यसअघि भारतीय सुरक्षाकर्मीको एक टोलीले सुनसरीको भान्टाबारीमा घरमै छिरेर चार नेपालीमाथि गोली हानेको थियो ।














प्रतिक्रिया