२३ कार्तिक २०८३, सोमबार

मधेस आन्दोलन नियन्त्रण बाहिर: मन्त्री सापकोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Agni-Sapkota

बनेपा, ९ पुस । वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले इमान्दार मधेसी जनताले संविधानको स्वागत गरेको बताउनुभएको छ ।

जिविस काभ्रेपलाञ्चोकले आज धुलिखेलमा आयोजना गरेको नेपालको संविधानको प्रचारप्रसार कार्यक्रममा उहाँले केही मधेसी मठाधीशका कारण मधेस आन्दोलन नियन्त्रण बाहिर जान थालेको विचार व्यक्त गर्नुभयो ।

उहाँले वार्ताका माध्यमबाट समस्याको समाधान गर्न आग्रह गर्दै वार्ताबाट निष्कर्षमा नपुगे मधेस आन्दोलन मधेसी नेताको हातमा रहने छैन भन्नुभयो । “अहिले मधेसमा सरकारी कार्यालय खुलेका छैनन्, अराजकता बढेको छ, कालोबजारी बढेको छ, तस्करको राज छ, यसले देशलाई हित गर्दैन”–मन्त्री सापकोटाले भन्नुभयो ।

कार्यक्रममा सभासद् विदुर सापकोटा, कञ्चनचन्द्र वादे, रामहरि सुवेदी, कमला दोङलगायतले संविधानले समावेशी चरित्रलाई आत्मसात् गरेको उल्लेख गर्दै यसलाई बहुमतले संशोधन गर्ने प्रावधान पनि उत्कृष्ट भएको बताउनुभयो । रासस