२३ कार्तिक २०८३, सोमबार

पटका पट्काउने क्रममा बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पर्सा । पटका पट्काउने क्रममा एक बालकको मृत्यु भएको छ ।

पर्सा पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको हो ।

रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीमा लागेर घाइते भएका थिए ।

बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएकोमा चिकित्सकले ८ः४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।