
काठमाडौं, ९ पुस । मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी अन्तिम अवस्थामा स्थगित भएको छ ।
विहीबार साँझ चार मन्त्रीलाई राष्ट्रपति विद्या भण्डारीबाट सपथ खुवाएपनि चार राज्यमन्त्रीलाई भने ओलीले सपथ खुवाउन सकेनन् । यो सँगै चार नेताको राज्यमन्त्रीको सपथ खाने सपना चकनाचुर भएको छ ।
राज्यमन्त्रीका लागि एमालेबाट दामोदर भण्डारी, मञ्जु चौधरी, दिनेशचन्द्र यादव र गोपालबहादुर महतको नाम तय भएको थियो । तर, नरदेवी पुन, दिपनारायण साहको समेत नाम आएपछि विवाद भएका कारण राज्यमन्त्रीहरुको सपथ रोकिएको एमाले स्रोतले जनाएको छ ।














प्रतिक्रिया