२३ कार्तिक २०८३, सोमबार

अध्यक्ष दाहालले नयाँ खुलासा गर्दै भने, ‘मधेसी मोर्चाले संशोधनमा सहयोग गर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahalकाठमाडौं, ९ पुस । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सीमांकनमा सहमति नहुन्जेलसम्म मधेसी मोर्चाका नेताहरूले सहमतिमा हस्ताक्षर नगरे पनि मौन बसेर सहयोग गर्न सक्ने बताउनु भएको छ ।

काठमाडौंमा आज पत्रकारसँग कुरागर्दै उहाँले भन्नुभयो, ‘अहिले मेरो ध्यान समस्याको समाधानमा केन्द्रित छ । वार्ताबाटै समस्याको समाधान हुन्छ भन्ने मान्यता स्थापित भइसकेको छ । पार्ता, संबाद र सहमतिको विकल्प छैन ।’ उहाँले भोलि शुक्रबार मधेसी नेताहरूसँग छलफल गर्ने बताउनुभयो ।

‘मेरो प्रयास संविधान संशोधनको भाषामा सहमति गर्नेमा हुनेछ’, उहाँले भन्नुभयो, ‘उहाँहरूले सीमांकन नमिलुञ्जेलसम्म हस्ताक्षर त गर्नु हुन्न भन्ने मलाई लाग्छ । तर पुनःनिर्माण प्राधिकरण विधेयकलाई अनुमोदन गर्न मौन बसे झै संविधान संशोधन विधेयकमा पनि मौन बसेर सहयोग गर्नु हुन्छ भन्ने मेरो विश्वास छ ।’

अध्यक्ष दाहालले सीमांकनमा प्रमुख दलका नेता र विज्ञहरू सम्मिलित राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुङ्ग्याउने विषयमा सहमति जुटाउन आफू केन्द्रित रहेको बताउनुभयो । उहाँले संविधान निर्माणदेखि नै आफू आन्दोलनरत दल र सरकारवीच ब्रिजिङको भूमिकामा सक्रिय रहेको पनि बताउनुभयो ।