१ कार्तिक २०८३, आइतबार

ओली समूहका पदाधिकारीको पनि करिव–करिव टुङ्गो लाग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-final
काठमाडौँ, २६ असार । संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहले जस्तो प्यानलको औपचारिक घोषणा नगरे पनि पदाधिकारीको टुंगो लगाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार ओली समूहको उपाध्यक्षमा बामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथ प्रसाद साह रहने हुनुभएको छ ।

ओली समूहले महासचिवमा इश्वर पोखरेललाई उठाउने यस अघि नै निर्णय गरिसकेको छ । त्यसैगरी उपमहासचिवमा बिष्णु पौडेल र शंकर पोखरे रहनु हुने भएको छ । उहाँहरु दुबै जना हाल सचिव हुनुहुन्छ ।

ओली समूहका ५ सचिवमा प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको नाममा सहमति भएको छ । बाँकी ३ सचिवका लागि केशवलाल श्रेष्ठ, रघुवीर महासेठ, बिष्णु रिमाललाई अटाउने संभावना बढी छ । ।