
काठमाडौं, ९ पुस । सरकारले नेपाली सेनाका तीन महासेनानीको पदावधि थपेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले उमेर हदका कारण सेवा निवृत हुन लागेका तीन महासेनानीको पदावधि थपेको सरकार प्रवक्ता सञ्चारमन्त्री शेरधन राइले जानकारी दिनुभयो ।
यसरी पदावधि थपिनेमा नेपाली सेनाको महासेनानीहरु दिपक घले, तराध्वज पाण्डे, र दिलिप बहादुर विष्ट रहनुभएको छ ।
यसैगरी बैठकमा मधेस आन्दोलन, परराष्ट्रमन्त्रीको चीन भ्रमण र संसदमा पेस भएको संविधान संशोधन विधेयकबारे छलफल भएको प्रवक्ता राईले जानकारी दिनुभयो ।












प्रतिक्रिया