१३ कार्तिक २०८३, शुक्रबार

चिसोले सोलुका भूकम्पपीडितको बिचल्ली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukumpa-Pidit
फाइल तस्वीर

सोलुखुम्बु, ९ पुस । सोलुखुम्बुका भूकम्पपीडित चिसोका कारण कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

इलाका नं ९ मा रहेको चौलाखर्क गाविसका शतप्रतिशत तथा भकाञ्जे र गोली गाविसका ९५ प्रतिशतभन्दा बढी घर पूर्णक्षति भएको सो ठाउँका एकाधबाहेक सबै घरपरिवार त्रिपाल, चित्रा तथा केही जस्ताले बनाइएका टहरामा बस्दै आएका छन् ।

आफूहरु सबैलाई पछिल्लो केही दिनदेखि बढेको चिसोका कारण अत्यन्तै समस्या भएको चौलाखर्कका नेत्रबहादुर बस्नेतले बताउनुभयो । बुद्ध मावि गोलीका शिक्षक उद्धव बस्नेतका अनुसार चिसोले बालबालिका बिरामी परेर विद्यालय आउनेको सङ्ख्या पनि आधा कम भएको छ ।

केही पीडितले घर बनाउन थालेको भए पनि धेरैले सरकारको सहयोग पर्खिरहेको भकाञ्जेका दावा शेर्पाले बताउनुभयो । “सरकारकै ‘डिजाइन’मा घर बनाउनुपर्छ, अनि मात्र राहत पाइन्छ भन्छन्, डिजाइन आएपछि घर बनाउँ भनेको चिसोले मार्न लाग्यो”–शेर्पाले भन्नुभयो ।

सरकारले न्यानो कपडाका लागि रकम दिने भनेपनि अहिलेसम्म नपाएको चौलाखर्कमा अन्जली विकले बताउनुभयो । त्रिपाल तथा जस्ताले छाएका टहरामा रातको समयमा शीत परेर भिज्ने गरेको र चिसोका कारण त्यहाँका बासिन्दाले निकै कठिन जीवनयापन गरिरहेको भकाञ्जेका शिक्षक ल्हाक्पा शेर्पाले बताउनुभयो । रासस