१३ कार्तिक २०८३, शुक्रबार

आगलागीबाट ४० लाख बराबरको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fire aagoइनरुवा, ९ पुस । सुनसरीको हरिपुर गाविस– ७ भन्टाबारीमा गएराति आगलागी हुँदा रु ४० लाख बराबरको क्षति भएको छ ।

आगलागीमा आठ परिवारको आठवटा घर जलेर पूर्णरुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको जिप्रका सुनसरीले जनाएको छ ।

चोरी तस्करी गरी ल्याएको इन्धन भण्डारण गरेर राखेको ठाउँमा सल्काएको घुरले आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

आगलागीमा स्थानीयवासी मुकेश श्रेष्ठ, छोटु खत्वे, जनार्दन कामैत, सुकसेन कामैत, विनोद शर्मालगायतको घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी मिकाइल आलमले जानकारी दिनुभयो ।

आगलागीमा परी घाइते भएकाहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिनुभयो ।

आगो इनरुवा नगरपालिकाको वारुण यन्त्र, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस