काठमाडौँ, २६ असार । नेकपा एमालेको जारी नवौँ महाधिवशेनमा अध्यक्षका प्रत्यासी रहनु भएका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो प्यानलका पदाधिकारीको घोषणा गर्नु भएको छ ।
बिहीवार राजधानीको एक पार्टी प्यालेसमा नेपालले प्यानलका पदाधिकारीको घोषणा गर्नुभएको हो ।
उहाँले पाँच उपाध्यक्ष मध्य चार उपाध्यक्षको घोषणा गर्नुभयो । चार जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र लालबाबु पण्डित रहनु भएको छ ।
महासचिवमा सुरेन्द्र पाण्डेको नाम उहाँले घोषणा गर्नुभयो । दुई उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुषाल रहनु भएको छ । पाँच सचिव मध्य उहाँले तीन सचिवको मात्र नाम घोषणा गर्नुभयो । नाम घोषणा भएका सचिवहरुमा वेदुराम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट हुनुहुन्छ ।
अन्य दुई सचिवमा भीम आचार्य र प्रकाश ज्वालालाई उठाउने संभावना छ । सचिव वा उपाध्यक्ष मध्य एकमा राजेन्द्र पाण्डेको पनि संभावना छ । समावेशीकरण गर्ने अवस्थामा उपाध्यक्षमा पर्शुराम मेघी गुरुङको संभावना छ ।















प्रतिक्रिया