२३ कार्तिक २०८३, सोमबार

सदभावनाका अध्यक्ष राजेन्द्र महतोले आज वीरगञ्ज छाड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-mahato-1काठमाडौं, ९ पुस । तराई मधेसमा विगत चार महिनादेखि जारी आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आउनुभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज विराटनगर जाँदै हुनुहुन्छ ।

आन्दोलनको तयारी स्वरुप अध्यक्ष महतो विराटनगर जान लाग्नुभएको सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

‘हामी आन्दोलनमा छौँ’, उहाँले भन्नुभयो, ‘विराटनगरमा कसरी आन्दोलनमाथि उठाउने भन्ने विषयमा स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गर्न अध्यक्ष राजेन्द्र महतो ज्यू त्यसतर्फ जान लाग्नुभएको छ ।’

अध्यक्ष महताले विराटनगरको आन्दोलन पछिल्लो समय कमजोर भएको भन्दै चिन्ता जनाउँदै आउनुभएको छ । उहाँले विराटनगरका साथै पूर्वी जिल्लाको आन्दोलन चर्काउन पहल गर्नु हुनेछ ।

वीरगञ्जबाट विराटनगर जाने क्रममा अध्यक्ष महताले भित्री सडकको प्रयोग गर्नु हुने स्रोतको भनाइ छ ।