२३ कार्तिक २०८३, सोमबार

राष्ट्रियतालाई दाउमा राखेर आन्दोलनरत पक्षसँग कहिल्यै सम्झौता गर्दिन्ः प्रधानमन्त्री ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-1ललितपुर, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो छिटो संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली काँग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई आश्रम प्रतिष्ठानद्वारा आज यहाँ आयोजित सन्त नेता भट्टराईको शालिक अनावरण तथा ९२ औं जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै राजनीतिक दल एकताबद्ध भई संविधान कार्यान्वयन गर्नुपर्ने र देशलाई विकास पथमा लैजानुपर्ने बताउनुभयो ।

उहाँले आम नेपालीलाई साथमा लिएर राजनीतिक दल दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताको जगेर्नामा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो-  राष्ट्रियतालाई दाउमा राखेर आन्दोलनरत दलसँग कहिल्यै सम्झौता गर्दिन् ।

लोकतन्त्रलाई संस्थागत गर्न र देश विकासलाई गति दिन सरकारले अहम् भूमिका खेलिरहेको बताउँदै उहाँले गम्भीर रुपमा कूटनीतिक पहल अगाडि बढिरहेकाले छिट्टै नाकाबन्दी खुल्ने विश्वास व्यक्त गर्नुभयो ।

सन्त नेता भट्टराईले देश र राष्ट्रियताका लागि सबैलाई साथमा लिई अगाडि बढेको स्मरण गर्दै उहाँले भट्टराई जस्ता नेता मुलुकका लागि खाँचो छ भन्नुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले सन्त नेता भट्टराईको जीवनीबारे प्रकाश पार्नुभएको थियो । नेता भट्टराईको पालामा छ महिनाभित्र संविधान बनेको र कार्यान्वयन समेत भएको स्मरण गर्दै उहाँले भट्टराई नेपाली राजनीतिक इतिहासमा सफल नेताका रुपमा स्थापित भएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष पिएल सिंहले सन्त नेता भट्टराईले देखाउनुभएको बाटोमा नेपालका राजनीतिक दल हिड्न सके देशले काँचुली फेर्ने बताउनुभयो । रासस