३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women-football-1काठमाडौँ, ८ पुस । राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ ।

नयाँ बसपार्कमा आज भएको लिग चरणको अन्तिम खेलमा एपिएफले न्यू डायमन्ड क्लबलाई ३–१ को सेटमा पाखा लगाउँदै उपाधि माथि कब्जा जमाएको हो । प्रतियोगितामा ५१ अङ्क जोडेको एपिएफले न्यू डायमन्डलाई २५–२०, २५–२२ र २५–१० को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेटमा न्यू डायमन्डले एपिएफलाई १५–१६ ले पराजित गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो । उपाधिसँगै रु एपिएफले भने रु दुई लाख ६० हजार प्राप्त ग¥यो ।

त्यस्तै, प्रतियोगितामा उपविजेतामा सीमित बनेको न्यू डायमन्डले रु एक लाख ३० हजार प्राप्त ग¥यो ।

सोही स्थानमा आजै भएको अर्को खेलमा पश्चिमाञ्चलले नेपाल प्रहरी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थानमा रहन सफल भयो । पश्चिमाञ्चलले रु ७० हजार प्राप्त ग¥यो ।

त्यसैगरी, चौथो स्थानमा रहेको प्रहरीले भने रु ४० हजार प्राप्त ग¥यो । ढोरपाटन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १३ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता गत मङ्सिर १९ गतेदेखि सञ्चालन भएको भएको थियो । रासस