
काठमाडौं, ८ पुस । मधेसी मोर्चाका सांसद र थारु सांसदहरूको नारावाजी र घेराउका बीच सुरू भएको संसदको बैठक आफ्नो कार्यसूचीमा प्रवेश गरी पुस १२ गतेसम्मका लागि स्थगित भएको छ ।
संसदको बैठकमा सरकारका तर्फबाट नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिएको थियो ।
सो प्रस्ताव पेश हुना साथ संसदको बैठक पुस १२ गते आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
आजको बैठकमा संसदको कार्यसूचीप्रति असन्तुष्टि जनाउँदै मधेसी र थारु सांसदहरूले नारावाजी गरिरहेका थिए ।
उनीहरू नारावाजी गरेपनि सभामुख ओनसरी घर्तीले बेवास्ता गर्दै संसद अगाडि बढाउनु भएको थियो ।












प्रतिक्रिया