काठमाडौं, ८ पस । जनकपुरधामस्थित रामजानकी मन्दिरमा विवाह पञ्चमीका दिन भएको व्यवहारका विषयमा जानकारी गराउन संसदले सरकारलाई निर्देशन गराएको छ ।
संसदको आजको बैठकमा सांसदहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मधेस केन्द्रित दलका नेता र कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै सो विषयमा सरकारसँग सत्यतथ्य जानकारी माग गरेपछि सभामुख ओनसरी घर्तीले सरकारलाई रुलिङ गर्नुभएको हो ।
उहाँले जनकपुरमा राष्ट्रपति भण्डारीमाथि भएको घटनाका विषयमा सत्यतथ्य आगामी बैठकमा जानकारी गराउन निर्देशन दिनुभएको छ ।
संसद बैठकमा विभिन्न राजनीतिक दलका महिला सांसदहरू जनकपुर घटनालाई लिएर आपत्ति जनाएका थिए ।
उनीहरू जनकपुरमा भएको घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न पनि माग गरेका छन् ।












प्रतिक्रिया