२३ कार्तिक २०८३, सोमबार

उपप्रधानमन्त्री थापा आज चीन जाँदै, को–को छन् टोलीमा ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ८ पुस । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेल, परराष्ट्र, अर्थ, र वाणिज्य मन्त्रालयका सचिवका साथै परराष्ट्र, कानुन, न्याय तथा संसदीय व्यवस्था र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारी हुनुहुनेछ ।

चीन सरकारको निमन्त्रणामा बेइजिङ भ्रमण गर्न लाग्नुभएका उपप्रधानमन्त्री थापाले आफ्ना समकक्षी वाङ यीसँग आगामी बिहीबार नेपाल–चीन सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले चीनको उच्च राजनीतिक नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि नेपालबाट उपप्रधानमन्त्रीस्तरमा हुन लागेको यो भ्रमण पारस्परिक हित प्रवद्र्धन एवम् द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुनेछ ।

नयाँ संविधान जारी भएसँगै नेपाल नयाँ युगमा प्रवेश गरेको सन्दर्भमा नयाँ संविधानका विशेषताका साथै नेपालका प्राथमिकताका बारेमा विश्व समुदायलाई अवगत गराउने तथा मुलुकको आर्थिक विकासमा चिनियाँ सहयोग जुटाउनु भ्रमणको मूल उद्देश्य रहेको उपप्रधानमन्त्री थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठले जानकारी दिनुभयो ।