१३ कार्तिक २०८३, शुक्रबार

काँग्रेस सरकार ढाल्ने पक्षमा छैन: नेता निधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimalendra-nidhiपथरी (मोरङ), ७ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले काँग्रेस सरकार ढाल्ने खेलमा संलग्न नरहेको स्पस्ट पार्नुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूहरू मधेसको समस्या समाधान गर्न प्रयासरत रहेकाले तत्काल सरकारको विकल्प नखोज्ने बताउनुभयो ।

उहाँले संयुक्त मधेसी मोर्चासँग निरन्तर वार्ता भइरहेको बताउँदै वार्ता सकारात्मक भएकाले छिट्टै तराईको समस्या समाधान हुने दाबी पनि गर्नुभयो । रासस