३० आश्विन २०८३, शुक्रबार

पहिलो पटक विश्व तेक्वान्दो हाम्नादाङ पोखरामा हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karateकाठमाडौँ, ७ पुस । नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको विश्व तेक्वान्दो हाम्नादाङ प्रतियोगिता आगामी फागुन महिनामा पोखरामा सञ्चालन हुने भएको छ ।

यसअघि दक्षिण कोरियामा मात्रै हुँदै आएको उक्त प्रतियोगिता नेपालमै पहिलो पटक सञ्चालन गर्ने अनुमति पाएपनि विनाशकारी भूकम्पको कारण प्रतियोगिता स्थगन गर्नुपरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन गुरुङले जानकारी दिनुभयो ।

फागुनको १५, १६ र १७ गते सञ्चालन हुने उक्त प्रतियोगितामा पुम्से, ग्योरोगी तथा क्योकपा स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा दक्षिण तथा मध्य एसियाका विभिन्न २० राष्ट्रका दुई हजार खेलाडीको सहभागिता रहने आयोजकका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिता सञ्चालन गर्न रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । रासस