२३ कार्तिक २०८३, सोमबार

अवैध रुपमा अमेरिका छिर्न लागेका १६ नेपाली ग्वाटेमालामा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

guatemala_map_s_650_060115124507

काठमाडौं, ७ पुस । अवैध रुपमा अमेरिका जान लागेका १६ नेपाली ग्वाटेमालामा पक्राउ परेका छन् ।

राजधानी ग्वाटेमालाबाट बस चढेर बाहिर जाने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नेपालीसँगै १७ बंगलादेशी नागरिक समेत पक्राउ परेको ग्वाटेमालाको प्रहरीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका सबै पुरुष छन् ।

मानव तस्करको सूचना पाएर प्रहरीले छापा मार्दा उनीहरु आइतबार समातिएका हुन् । उनीहरुलाई सरकारी आवासमा राखेर एसियाबाट अफ्रिका कसरी आइपुगे भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

यसअघि गत महिना सोही बाटोबाट अमेरिका हिडेका नेपाली समातिएका थिए ।