२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चासँग निर्णायक वार्ता गर्ने सरकारको तयारी, सफल नभए ‘एक्शन’ लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-dhan-raiपोखरा, ७ पुस । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले मधेसी मोर्चासंँगको अबको वार्ता निर्णायक हुने र मुलुकले निकास पाउने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री राईले अब केही दिनमै वार्ताका लागि मिति र समय तोकिने तथा परिणाम नआएरसम्म निरन्तर टेबुलमा बसेर वार्ता गरी सहमतिमा पुगेर अघोषित नाकावन्दीको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

“नयाँ संविधान जारी भएपछि बिनाकारण नाकाबन्दी गरेर देशमा मानवीय सङ्कट पैदा गरियो, यसको जवाफ स्वयं मधेसवादी नेताले पनि दिन सकेका छैनन् भन्दै उहाँले संविधानका केही विषयवस्तुका बारेमा चित्त नबुझेका भए त्यसका बारेमा छलफल र वार्ताबाटै टुङ्ग्याउन सकिने बताउनुभयो । नेपाल सरकारका प्रवक्ता राईले भन्नुभयो–“ मधेसी मोर्चासँगको वार्ता टुङ्गोमा पुगेन भने सरकार चुप लागेर बस्न सक्दैन, संविधान र कानुन बमोजिम अघि बढ्छ । ”

सञ्चार क्षेत्रलाई व्यवस्थित, प्रभावकारी, सुरक्षित र मर्यादित बनाउन सरकारको ध्यान केन्द्रित भएको बताउँदै सञ्चार प्रविधिमन्त्रीले आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया अघि बढेको र श्रमजीवी पत्रकार ऐन र पत्रकार दुर्घटना बिमाको कार्यक्रम तत्काल अघि बढाइने जानकारी दिनुभयो । मन्त्री राईले पोखरामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अब दुई महिनाभित्र सुरु हुने जानकारी दिनुभयो ।

उहाँले मधेसी मोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरमा गरेको दुव्र्यवहारप्रति आपत्ति प्रकट गर्नुभयो । रासस