१३ कार्तिक २०८३, शुक्रबार

७ करोड भ्रष्टाचार गरेका कोषराज १० करोड धरौटी तिरेर छुटे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF-IGP-Kosh-Raj-Onta-in-काठमाडौँ, ७ पुस । निलम्बित सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त रु १० करोड बराबरको बैंक जमानत दाखिला गरी तारिखमा छुटेका छन् ।

वन्तमाथि आव ०६९/०७० र ०७०/७१ मा विभिन्न सामान खरिद गरी त्यस मातहतका एकाइमा ढुवानी गरेको भनिएका कार्यमा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

हालसम्म सङ्कलित सबुद प्रमाण एवम् सम्बन्धित व्यक्तिको बयान व्यहोरासमेतको प्रारम्भिक अनुसन्धानबाट निलम्बित वन्तले मिलेमतोमा नक्कली बिल बनाई करिब रु सात करोड भुक्तानी गरी गराई आर्थिक अनियमितता गरेको आरोप आयोगले लगाएको छ ।

भ्रष्टाचारजन्य कसुर गरेको देखिन आएकाले निजलाई आयोगले धरौटी जमानतबापत रु १० करोड माग गरेकामा उक्त रकम बराबरको बैंक जमानत दाखिला गर्न ल्याएकाले निजलाई आज धरौटी जमानतमा तारिखमा राखी थप अनुसन्धान भइरहेको आयोगको विज्ञप्तिमा जनाइएको छ । रासस