२३ कार्तिक २०८३, सोमबार

कांग्रेस र मधेसी मोर्चाको वार्ता सकारात्मक, संविधान संशोधन गर्न मधेसी मोर्चा तयार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-Paudel

काठमाडौं, ७ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच सकारात्मक वार्ता भएको छ ।

कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा जारी वार्तामा थप परिमार्जन गरी संविधान संशोधन विधेयक अगाडि बढाउने मधेसी मोर्चाले संकेत दिएको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

वार्ता बीचमै धनगढीका प्रस्थान गर्नुअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले वार्ता सकारात्मक भइरहेको र संविधान संशोधनका लागि मधेसी मोर्चालाई ‘कन्भिन्स’ गर्ने प्रयास भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो- संशोधन विधेयक अगाडि बढाउन मोर्चासँग छलफल भयो । उहाँहरुले परिमार्जन गरेर अगायिड बढाउन सहयोग गर्ने सकिने संकेत देखाउनुभएको छ ।’

वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मधेसी मोर्चाका नेता सर्वेन्द्रनाथ शुक्लाले वार्ता एकदमै सकारात्मक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो- वार्ता निकै सकारात्मक भयो, विषयगत छलफल गरी एक/दुई दिनभित्र टुंगोमा पुग्छौं ।’ उहाँले वार्ताबाट छिट्टै ठोस आधार निस्कने दाबी गर्नुभयो ।

यसअघि सोमबार साँझ पनि कांग्रेस र मोर्चाबीच वार्ता भएको थियो ।