२३ कार्तिक २०८३, सोमबार

थुनामा नबस्ने भन्दै कोषराजले अख्तियारलाई बुझाए १० करोड धरौटी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kosh-Raj-Onta-APFकाठमाडौं, ६ पुस । सशस्त्र प्रहरीको सामान ढुवानी प्रकरणमा भ्रष्टाचारको अभियोग लागेका सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १० करोड धरौटी बुझाएका छन् ।

भ्रष्टाचारकै अभियोगमा निलम्बनमा परेका वन्तलाई अख्तियारले सोमबार वयानका लागि बोलाएको थियो । वयान नसकिएको भन्दै बन्तलाई अख्तियारले थुना राख्न खोजेपछि वन्तले थुनामा नबस्ने तर जति चाँहियो त्यती धरौटी बुझाउन तयार रहेको बताएका थिए ।

अख्तियारका अधिकारीले प्रचलित कानुन बमोजिम वन्तसँग १० करोड धरौटी मागेका थिए । वन्तले उक्त रकम धरौटी बुझाएको अख्तियार स्रोतले जनायो ।

‘सोमबार बयान नसकिने भएपछि हामीले १० करोड धरौटी मागेका थियौं, उहाँले थुनामा नबस्ने तर, धरौटी दिन्छु भन्नुभयो,’ अख्तियारका एक अधिकारीले भने ।

ढुवानी अनियमिततामा संलग्न भेटिएपछि अख्तियारको पत्रका आधारमा चार दिनअघि सरकारले शसस्त्र प्रहरीका महानिरिक्षक बन्तलाई निलम्बन गरेको थियो । वन्तमाथि ७ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग छ ।