३० आश्विन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय महिला फुटबल: प्रहरीबाट पूर्वाञ्चल पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football

काठमाडौँ, ६ पुस । नेपाली सेनाले आयोजना गरेको प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल प्रहरी क्लब विजयी भएको छ ।

भद्रकालीस्थित जङ्गीअड्डा परिसरमा भएको प्रतियोगितामा प्रहरी महिला फुटबल टोलीले पूर्वाञ्चल महिला फुटबल टोलीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । पूर्वाञ्चलले पहिलो हाफमा लिएको एक गोलको अग्रता कायम राख्न नसक्दा हार बेहो¥यो । उसका लागि रेखा पौडेलले पहिलो हाफको चौथो मिनेटमै गोल गर्दै अग्रता लिए पनि दोस्रो हाफमा थप गोल गर्न सकेन र थप दुई गोल खान पुग्यो ।

प्रहरीको जितमा निर्मला सुनुवारले ७२ औँ र खेलको अन्तिम मिनेटमा दुई गोल गरिन् भने सिर्जना खड्काले ८५ औँ मिनेटमा एक गोल गरेकी थिइन् ।

त्यसैगरी सोही प्रतियोगिताअन्तर्गत लगनखेलमा आजै भएको अर्को खेलमा मध्यमाञ्चल महिला टोलीले उपत्यका महिला टोलीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । नकआउटका आधारमा खेलाइएको उक्त प्रयिोगितामा विजेता टोलीले रु तीन लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु एक लाख पाउनेछ ।

त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीले समान रु ५०÷५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक खेलाडीले यामाहा कम्पनीको एक थान स्कुटर प्राप्त गर्नेछन् । यही पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टोलीको सहभागिता छ । रासस