कान्दाहार, (अफगानिस्तान) ६ पुस । अफगानिस्तानको दक्षिणी भाग हेलमान्डको ऐतिहासिक जिल्ला सङ्गीन आइतबार राति आतङ्ककारीहरुले कब्जामा लिएको समाचार छ ।
गत दुई दिनयता तालिवान आतङ्ककारी समूह र सुरक्षाबलबीच भएको भीषण झडपछि आतङ्ककारी समूहले सो जिल्ला कब्जामा लिएको हेलमान्ड प्रान्तका उप गभर्नर मोहमद जान रसुल्यारले बताएका छन् ।
अफगान सैनिक र तालिवान आतङककारी समूहबीच अझै पनि झडप जारी रहेको बताइएको छ । केन्द्रीय अधिकारीहरुले सहयोग पठाउन असफल भएमा हेलमान्ड प्रान्त खतरामा पर्ने आफ्नो फेसबुकबाट अफगान राष्ट्रपति असरफ घानीलाई चेतावनी दिएका छन् ।
हेलमान्ड प्रान्तमा केही महिनायता जारी रहेको तालिवान र सुरक्षाबलबीच भएको झडपमा ९० जना सुरक्षा अधिकारीहरुको मृत्यु भएको पनि रसुल्यारले जनाएका छन् । रासस÷एपी















प्रतिक्रिया