३० आश्विन २०८३, शुक्रबार

राजधानीमा अन्तर्राष्ट्रिय महिला फुटलब प्रतियोगिता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Footballकाठमाडौँ, ६ पुस । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता राजधानीमा आजदेखि सुरु भएको छ ।

नेपाली सेनाले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । जस्मा पाँच विकास क्षेत्र, विभागीय तीन टोली नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब छन् । त्यस्तै भारतको सिक्किम र बिहार क्लबलेसमेत प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगितामा सहभागी उक्त टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारतको बिहार, नेपाल प्रहरी, पूर्वाञ्चल, पश्चिमाञ्चल र एपिएफ गरी पाँच टोली छन् ।

त्यसैगरी समूह ‘बी’ मा भारतको सिक्किम, मध्यमाञ्चल, सुदुरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल क्षेत्र, र आयोजनक आर्मी गरी समान पाँच टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा बिजेता टोलीले रु तीन लाख प्राप्त गर्नेछ, भने उपबिजेता टोलीले रु एक लाख पाउनेछ । त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीले समान रु ५०/५० हजार प्राप्त गर्नेछन् भने प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक खेलाडीले यामाह कम्पनीको एक थान स्कुटर प्राप्त गर्नेछन् ।

यही पुस १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन आज प्रधानसेनापति राजेन्द्र क्षेत्रीले रेफ्री अस्मिता मानन्धरलाई बल हस्तान्तरण गर्दै गर्नुभयो । अहिले नेपाल प्रहरी र पूर्वाञ्चलको टोलीबीच खेल भइरहेको छ । रासस