२३ कार्तिक २०८३, सोमबार

भारतीय दूतावास पुगे मधेसी मोर्चाका शीर्ष नेताहरु, सरकारको निर्णय नमान्ने निष्कर्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ६ पुस । आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेताहरु सोमबार विहानै भारतीय राजदूतावास पुगेका छन् ।

आइतबार मन्त्रिपरिषदको बैठकले मधेसका माग सम्बोधन गर्न चार वटा निर्णय गरेपछि सल्लाह, सुझाव लिन मधेसवादी दलका नेताहरु लाइन लागेर लैनचौरस्थित भारतीय राजदूतवास पुगेका हुन् ।

दूतावासमा राजदूत रञ्जीत रेले हिजो भएको मन्त्रिपरिषद निर्णयबारे मधेसी नेताहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा हिजोको निर्णयले मधेसका माग सम्बोधन हुन नसक्ने र निर्णय नमान्ने निष्कर्ष निकालिएको स्रोतले जनाएको छ ।

यता सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले भने भारतीय राजदूत रञ्जित रेले नेपालको समस्या मिलेर समाधान गर्नुस भनेर भनेको बताए ।

राजदूतावास पुगेको मधेसी मोर्चाका शीर्ष नेतामध्येका एक महेन्द्रराय यादवले एउटा छिमेकीको समस्यामा अर्को छिमेकीको चासो स्वभाविक भएको भन्दै भारतीय राजदूतले मन्त्रि परिषदको निर्णयको विषयमा धारणा मागेको र आफूहरुले त्यसबाट समस्या समाधान हुँदैन भनेर भनेको बताए ।

उनले भने– ‘भारतको हामीलाई कुनै दवाव छैन । उहाँहरु पनि समाधान छिटो होस भन्ने चाहनुहुन्छ । उहाँले सरकारसँग पनि आफूले यो विषयमा कुराकानी गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । परराष्ट्रमन्त्रीसँग कुरा गरिपनि सक्नु भएको छ ।’

हिजो बसेको मन्त्रिपरिषद बैठकले वार्ताबाटै समस्या समाधान गर्ने, राजनीतिक संयन्त्रमार्फत तीन मिहनाभित्र सीमांकन टुंग्याउने, समावेशीता र निर्वाचन क्षेत्र माग समेटिएको संविधान संशोधन विधेयक अगाडि बढाउने र नागरिकताको विवादका विषयमा समेत छलफल गर्ने निर्णय गरेको थियो ।