१ कार्तिक २०८३, आइतबार

एमालेको केन्द्रीय कमिटि अव १ सय ५९ सदस्यीय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौँ, २५ असार । नेकपा एमालेको राजधानीमा जारी नवौँ महाधिवशेनको बन्दशत्र हलले विधान संशोधन कार्यदलले तयार पारेको १ सय ४९ सदस्यीय केन्द्रीय कमिटी हेरफेर गरेको छ । संशोधिन नयाँ विधानअनुसार अव केन्द्रीय कमिटी एक जना बरिष्ठ नेतासहित १ सय ५९ सदस्यीय हुने भएको छ ।

पदाधिकारीको संख्या वरिष्ठ नेतासहित १५ हृुने  छ । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव २, सचिव ५ सहित बरिष्ठ नेता पदाधिकारी हुनेछन् ।

संशोधन गरिएको विधानमा उपाध्यक्षमा महिला, मधेशी र जनजातिलाई समावेशी सिट दिने र २ खुला गर्ने उल्लेख छ । त्यसैगरी ५ सचिवमा पनि महिला, मधेशी र जनजातिका लागि समावेशी सिट दिने र २ खुला गर्ने उल्लेख छ ।

कमिटी सदस्य भानुभक्त ढकालका अनुसार एमालेमा पूर्ण केन्द्रीय कमिटीमा महिला १७, जनजाति १२, तराई मधेस ९, मुस्लिम २, दलित ५, पिछडिएको क्षेत्र १, श्रमिक–मजदुर २, सम्पर्क १, भूगोल १५ र खुला ५० जना रहनेछन् । पूर्ण केन्द्रीय कमिटी १ सय १४ सदस्यीय हुनेछ ।

विधान संशोधन भएसँगै वैकल्पिक केन्द्रीय कमिटीमा महिला ५, जनजाति ६, तराई मधेस ४, मुस्लिम १, दलित ३, पिछडिएको क्षेत्र २, श्रमिक(मजदुर २, भूगोल १५ र खुला ६ जना रहनेछन् । पूर्ण केन्द्रीय कमिटी ४४ सदस्यीय हुनेछ ।