काठमाडौं, ६ पुस । भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ ।
यसैक्रममा आइतबार पाकिस्तानले भारतमाथि हस्तक्षेप गर्दै ७० जना माझीलाई पक्राउ गरेको छ । पाकिस्तानको समुद्री सुरक्षा एजेन्सी (एमएसए)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा हस्तक्षेप गरेको भारतीय न्यूज च्यानल आजतकले जनाएको छ ।
गुजरातको जखाउ तट नजिकैको अन्तर्राष्ट्रिय जल क्षेत्रबाट पाकिस्तानले ७० माझीलाई गिरफ्तार गरेको हो र ११ वटा डुंगा पनि नियन्त्रणमा लिएको छ ।

नेशनल फिशवर्कर्स फोरमका सचिव मनिष लोधारीले भनेका छन्– आइतबार पाकिस्तानी एमएसएले जखाउ नजिकैको अन्तर्राष्ट्रिय जल क्षेत्रबाट ७० माझीलाई गिरफ्तार गरेको छ । माझीका ११ वटा डुंगा पनि जपत गरेका छन् । एमएसएका अधिकारीले पक्राउ परेका माझी र डुंगालाई कराचीतर्फ लगेका छन् ।
यो घटना आइतबार विहानको हो । यो घटनाको सूचना नजिकै माछा मारिरहेका मानिसले भारतीय तटरक्षक बललाई जानकारी गराएका थिए । प्रहरीले यो घटनाबारे थप अनुसन्धान गरिरहेको छ । मोदीकै गृहनगरको तटिय क्षेत्रमा पाकिस्तानले हस्तक्षेप गरेपछि दिल्लीमा हंगामा मच्चिएको छ ।
















प्रतिक्रिया