काठमाडौँ, २५ असार । नेकपा (एमाले)को जारी नवौँ राष्ट्रिय महाधिवेशनका अवसरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा हालसम्म दुई हजार ८०० भन्दा बढीले स्वास्थ्य सेवा लिइसकेका छन् ।
नेकपा (एमाले) स्वास्थ्य उपसमितिले महाधिवेशनका अवसरमा आयोजना गरेको उक्त शिविरमा दाँतको उपचार ५सय ४०, आँखा ९ सय ३५ को उपचार गरेको छन् भने ९सय जनालाई निःशुल्क चस्मा वितरण, हाडजोर्नी १ सय ९०, छालासम्बन्धी ९०, मुटु (इसिजी) १ सय ५० र इको २३, सर्जरी १ सय ६०, मधुमेह एक हजार ८ सय १० मध्ये ४ सय १७ जनाले औषधि सेवन गरिरहेका छन् ।
शिविरमा स्वास्थ्य सेवा लिएका बारेमा जानकारी दिँदै डा कृष्णगोपाल महर्जनले हालसम्म महाधिवेशनमा आएका शीर्ष व्यक्तिदेखि स्वयम्सेवकसम्म दुई हजार ८ सय भन्दा बढीले स्वास्थ्य सेवा लिइरहेको र डाक्टर, प्राविधिक, सहयोगी सबै गरेर शिविरमा २ सय ५० स्वास्थ्यकर्मीले सेवा दिइरहेको बताउनुभयो ।
शिविरमा औषधिसमेत निःशुल्क वितरण तिवरण भइरहेको छ । शिविरमा शीर्ष नेता, महाधिवेशन प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र स्वयम्सेवकले स्वास्थ्य सेवा लिइरहेका छन् ।
उक्त शिविरमा कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, कृषिमन्त्री हरि पराजुली, पोलिटब्युरो सदस्य रघुजी पन्त, नेताहरु रामकुमारी झाँक्री, घनश्याम भुसाल, बेदुराम भुसाललगायत महाधिवेशनमा उपस्थित सबैले कुनै न कुनै स्वास्थय सेवा लिएको उपसमितिका इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो ।
उहाँले महाधिवेशनमा आएका सबैलाई स्वास्थ्य सेवा लिन बाहिर जान नपरोस् र जतिसक्दो छिट्टो स्वास्थ्य सेवा मिलोस् भन्ने उद्देश्यका साथ स्वास्थ्य शिविर सञ्चालन गरेको र त्यो उपयोगी भएको बताउनुभयो ।
















प्रतिक्रिया