नयाँ दिल्ली (भारत), ५ पुस । सन् २०१२ मा बसमा यात्रारत महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा समातिएका एक युवालाई दिल्लीको उच्च अदालतले तीन वर्षको कैद सजाय भुक्तानी गरिसकेको भन्दै रिहा गर्ने आदेश गरेसँगै यसको विरोधमा दिल्लीमा प्रदर्शन भएको छ ।
सुधार गृहमा तीन वर्षको सजाय व्यतित गरिसकेको भन्दै उच्च अदालतले बलात्कार गरेको आरोपमा तीन वर्ष सुधार गृहमा राखेपछि १८ वर्षीय युवकको कैद सजाय आतइबार पूरा भएको शुक्रबार जनाएको थियो ।
तर पीडित महिलाका आफन्तसहितका दर्जनौँ मानिसले आइतबार एक विरोध प्रदर्शन गर्दै बलात्कारमा संलग्न उक्त युवकलाई थप कैदको सजाय सुनाइनुपर्ने दाबी गरेका छन् ।
मानव अधिकारकर्मी, राजनीतिक लगायतले घटनामा संलग्न सबै युवकलाई उनीहरुको आचरणमा सुधार आएको पुष्टि नहुँदासम्म बलात्कारीलाई सुधार गृहमा नै राख्नुपर्ने अडान राख्दै प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा पीडित महिलाका बाबुआमा, उनका आफन्त, अधिकारकर्मीलगायतका मानिसहरुको संलग्नता थियो । सन् २०१२ को डिसेम्बरमा भएको उक्त बलात्कारसम्बन्धी खबरले एक अर्ब दुई करोड भारतीयलाई स्तब्ध पारेको थियो ।
सँगै सिनेमा हेर्न गएकी महिला र उनका साथी सिनेमा हेरेर घर फर्किने क्रममा बसमा यात्रा गर्दै गर्दा पाँच जनाको समूहले महिलालाई नियन्त्रणमा लिई पालैपालो बलात्कार गरेका थिए ।
बलात्कार घटनामा संलग्न चार जनालाई तीन वर्ष सुधार गृहमा राख्न यहाँको अदालतले निर्देशन दिएको थियो भने आरोपितमध्ये एक जनाको जेलमा नै मृत्यु भएको थियो । रासस/एपी
















प्रतिक्रिया