२३ कार्तिक २०८३, सोमबार

मधेसमा आन्दोलन अनियन्त्रित भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birganja Ma Morcha Ko Pradarsanकाठमाडौं, ५ पुस । मुलुकको पछिल्लो राजनीतिक अवस्था र आपूर्ति व्यवस्था तथा तराई मधेसका जिल्लामा फेरि चर्किएको आन्दोलनका विषयमा समीक्षा गर्न प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ ।

अहिले सात बजे सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा रौतहटको गौर र वीरगञ्जमा चर्किएको मधेसी मोर्चाको आन्दोलन तथा तराईको शान्ति सुरक्षाका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

गौरको आन्दोलन उत्तेजित भएर अनियन्त्रित हुन थालेपछि प्रहरीले चलाएको गोली लागेर आजै एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शन तराईमा फेरि उत्तेजित हुन थालेपछि ओलीले सो विषयमा पनि मन्त्रीहरूसँग परामर्श गर्नु हुने बुझिएको छ ।

बैठकले विशेष गरेर तराईको शान्ति सुरक्षा र आपूर्ति व्यवस्थाका विषयमा आफ्नो छलफल केन्द्रित गर्ने स्रोतले जनाएको छ ।

बैठकले मन्त्रालयका नियमित एजेन्डा र विभिन्न नियुक्तिका विषयमा पनि छलफल गर्ने बुझिएको छ ।