काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा क्रियाशील सदस्यताको विषयमा केन्द्रीय सदस्यहरूबीच बिवाद भएको छ ।
क्रियाशील सदस्यता वितरणको विषयमा बिवाद देखिएपछि बैठकले सो विषय मिलाउने जिम्मेवारी पदाधिकारीहरूलाई दिएको छ ।
पार्टी मुख्यालय सानेपामा आज बसेको बैठकमा क्रियाशील सदस्यता वितरणको विषयमा सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा समूहबीच बिवाद देखिएको हो ।
बिवाद मिलाउन बैठकले पदाधिकारीलाई गृहकार्य गर्न जिम्मेवारी दिएको स्रोतको भनाइ छ ।
सभापति कोइराला समूहले १२औँ महाधिवेशनका क्रियाशील सदस्यहरूलाई मात्रै मताधिकार दिने प्रस्ताव गरेपछि देउवा समूहले त्यसको बिरोध गरेको हो ।
देउवा समूहले सबै क्रियाशील सदस्यताका लागि निवेदन दिएकाहरूलाई सदस्यता दिनुपर्ने अडान लिँदै आएको छ ।












प्रतिक्रिया