१३ कार्तिक २०८३, शुक्रबार

राजा, दल र जनता मिलेर शासन गर्नुपर्ने : नेपाल संरक्षण अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Flag

काठमाडौं, ५ पुस । नेपाल संरक्षण अभियानले आजदेखि देशव्यापी रुपमा प्रचार अभियान शुरु गरेको छ ।

उपत्यकामा सो अभियानको शुभारम्भ ललितपुरको छम्पीदेवी मन्दिरबाट गरिएको हो । शुभारम्भ कार्यक्रममा नेपाल संरक्षण अभियानका संयोजक विष्णुप्रसाद शर्माले पृथ्वीनारायण शाहले फिरंगीहरुलाई देश छाड्न भन्नुभएको तर तिनै फिरंगीहरुले हिन्दू अधिराज्य र राजसंस्था मासेर मुलुकलाई अहिलेको अवस्थमा पुर्याएको बताउनुभयो ।

यस बेलामा नेपालको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने बताउँदै उहाँले सबै धर्म मान्न सबैलाई स्वतन्त्रता छ तर जबर्जस्ती धर्म परिवर्तन गर्ने कार्य बन्द गर्नुपर्ने र अहिलेको संविधानलै २४० वर्षदेखिको देशको संरचना तहसनहस गरेकाले राजा, दल र जनता मिलेर शासन गर्नुपर्ने बताउनुभयो । उहाँले आफूहरुले राजनीति गर्न नेपाल संरक्षण अभियान सञ्चालन नगरेको प्रस्ट गर्नुभयो ।

सोही कार्यक्रममा नेपाल संरक्षण अभियानका सहसंयोजक मानव सेवक लगायतका वक्ताहरुले हिजोका पार्टीहरु असफल भएको, घर जलाएर आगो ताप्ने काम भएको यी सबै कार्यका विरुद्ध नेपालको संरक्षण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । अभियानले गाउँगाउँमा नै पुगेर हिन्दू अधिराज्य र राजसंस्था स्थापनार्थ अभियान सञ्चालन गर्ने संयोजक विष्णुप्रसाद शर्माले बताउनुभएको छ ।

अभियानले विनाशकारी भूकम्पले तहसनहस भएका जनतालाई गाँस, बास र कपासको व्यवस्था गर्न जोडदार माग गरेको छ । अभियान शुभारम्भको अवसरमा ललितपुरकाको छम्पीका वृद्धवृद्धाहरुलाई सम्मान पनि गरिएको थियो ।