२३ कार्तिक २०८३, सोमबार

एमालेले भन्यो- मधेसी मोर्चाको हर्कत बर्बर, मध्ययुगीन र असभ्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-Janakpur-1काठमाडौं, ५ पुस । सत्तारुढ एमालेले विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा आयोजित विशेष समारोहमा सहभागी बन्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि मधेसी मोर्चाद्वारा गरिएको अमर्यादित हर्कत तथा त्यसपश्चात्को लज्जास्पद प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेका सचिव योगेश भट्टराईले आज विज्ञप्ति जारी गरेर जनपुर घटनाप्रति ध्यानाकर्षण भएको जनाउनु भएको हो । ‘राष्ट्रले देशभित्रका सबै धर्म, संस्कृति, परम्परा र रीतिरिवाजप्रति समान सम्मान र व्यवहार गर्ने प्रतिबद्धता प्रकट गरिसकेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘मधेसी मोर्चाका तर्फबाट राष्ट्रप्रतिप्रति गरिएको व्यवहार बर्बर, मध्ययुगीन र असभ्यमात्रै छैन, अत्यन्तनिन्दनीयपनिछ’, एमालेले भनेको छ, ‘यसले आधुनिक नेपाली समाजलाई मात्र कलंकित गरेको छैन, राष्ट्रको निर्माण र परिवर्तनको लामो संघर्षमा अभूतपूर्व योगदान गर्ने सिङ्गो महिला समुदायलाई घोर अपमानसमेत गरेको छ ।’

एमालेले अगाडि भनेको छ, ‘कथित मधेसी मोर्चाको नाममा भएको उक्त क्रियाकलापको घोर भ्रत्सर्ना गर्दछ । आमनेपाली जनतासामु यस्तो क्रियाकलापप्रति खुल्लारुपले माफी माग्नसमेत मोर्चासम्बद्ध व्यक्तितथा सङ्गठनहरुको ध्यानाकर्षण गराउन चाहन्छ ।’