काठमाडौं, ५ पुस । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी विधेयक २०७२ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार भण्डारीले आज सो विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो । नेपालको संविधानको धारा ११३ को उपधार २ बमोजिम विधेयक प्रमाणीकरण गरेको जनाइएको छ ।
केही दिनअघि संसदले भूकम्पसम्बन्धी प्राधिकरण विधेयक सर्वसम्मत पारित गरेको थियो । यो विधेयकसँगै अब भूकम्पले प्रभावित भएको जिल्लाहरूमा पुनःनिर्माण गर्न बाटो खुलेको छ ।














प्रतिक्रिया