१ कार्तिक २०८३, आइतबार

दोस्रो सेमिफाइनल खेलमा मेसीले देखाउ सक्लान जादु ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo-photo-final2

काठमाडौँ, २५ असार । ब्राजिलमा जारी २० औँ संस्करणको विश्वकप फुटवलले बुधवार बिहानबाट नयाँ मोड लिएको छ । घरेलु मैदानमा खेलेको ब्रजिलले वलियो प्रतिद्धन्दी जर्मनीसँग लज्जाजनक हार व्यहोर्न बाध्य भएपछि फुटबल पण्डितहरुको अनुमानले पनि नराम्ररी फेल खाएको छ । बुधवार बिहान ब्राजिल र जर्मनीबीच भएको खेलसँगैँ यस पटकको विश्वकप कुन देशले उचाल्ला भन्ने नयाँ बहस सुरु भएको छ ।

विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा बहीबार बिहान नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच हुँदैछ । त्यो खेल सुरु हुनु अघि नै अहिले अहिले विभिन्न खालका चर्चा सुरु भएका छन् । क्वार्टरफाइनलमा कोष्टारिकालाई हराउँदै नेदरल्याण्ड्स सेमिफाइनल खेलमा उक्लिएको हो । त्यसैगरी बेल्जियमलाई हराउँदै अर्जेन्टिना पनि सेमिफाइनलमा उक्लेको हो ।

बिहीवारको खेलको विजेताले फाइनलमा जर्मनीको सामना गर्ने भएकाले पनि ती दुइ टीमको चर्चा अहिले व्यापक बनेको छ । ब्राजिलमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेललाई महादेशीय भिडन्तको रुपमा समेत हेरिएको छ । यो खेलमा नेदरल्याण्ड्स विजयी भए पहिलो पटक दक्षिण अमेरिकी भूमिमा युरोपेली टोलीले विश्वकप जित्ने पक्का हुनेछ ।

यदी यो खेलमा अर्जेन्टिना विजयी भएको खण्डमा विश्वकपको यो संस्करणको उपाधि भिडन्त पनि युरोप र लेटिन अमेरिकाबीच हुनेछ । अर्जेन्टिना र नेदरल्याण्ड्स दुबै टोली समूह विजेता हुन् ।

१९८६ पछि पहिलो पटक विश्वकप जित्ने अभियानमा रहेको अर्जेन्टिना यसपटक लियोनल मेसीलाई लिएर मैदान छिरेको छ । चर्चामा रहेका मेसीले बिहीवार बिहानको खेलमा जति जादु देखाउन सक्छन त्यति नै उपाधी अर्जेन्टिनाको पोल्टामा पुग्ने निश्चित बन्ने छ ।