काठमाडौं, ५ पुस । भूकम्पले स्थगित एएफसी यू–१४ गर्ल्स रिजनल च्याम्पियनसिप फुटबलको आज भएको फाइनल खेलमा बंगलादेशले उपाधि जितेको छ ।
आयोजक नेपाललाई घरेलु मैदानमा १–० गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । यसअघि बैशाख १२ गते तय भएको फाइनल खेल भूकम्पका कारण स्थगित भएको थियो । ललितपुरस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको फाइनल खेलमा नेपालले अप्रत्यासित हार व्यहोरेको हो ।
सेमीफाइनलमा भारतलाई हराएको नेपालले फाइनलमा बंगलादेशलाई पराजित गर्न सकेन् ।
















प्रतिक्रिया