३० आश्विन २०८३, शुक्रबार

जमिन हल्लाउँदै भारतमा गयो शक्तिशाली भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indiaकाठमाडौं, ५ पुस । भारतमा शक्तिशाली भूकम्प गएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डको कैयौ भूभागमा भूकम्पको धक्काले जमिनै बेस्सरी हल्लिएको छ । जसका कारण सर्वसाधारणमा त्रास छाएको छ । घर छाडेर खुल्ला ठाउँमा गएका छन् ।

पिथौरागढको धारचूलामा शनिवार ३ बजेर ४७ मिनेटमा ५.४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो । यसको केन्द्र नेपालसँग जोडिएको जिल्ला रहेको बताइएको छ ।

भारतीय मौसम विभागका अनुसार भूकम्पको केन्द्र जमिनबाट दस किलोमिटर गहिराईमा थियो । धारचूलामा भूकम्पको झट् बढी महसुस गरिएको थियो । लगातार तीन वटा झट्का गएको बताइएको छ ।

आपदा प्रबन्धन अधिकारी डा. आरएस राणाले भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइनसकेको बताए ।