१३ कार्तिक २०८३, शुक्रबार

बाजुरामा गएको भूकम्पको ठूलो धक्काबाट चार घरमा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bajura

बैतडी, ५ पुस । शनिबार बिहान पश्चिम नेपालमा गएको ५.५ रिक्टर स्केलको भूकम्पबाट बाजुराका चार घरमा क्षति पुगेको छ ।

बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार भूकम्पबाट बाह्रबिसे र ठुलसैनका घरमा क्षति पुगेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

शनिबार बिहान ४ बजेर २ मिनेट जाँदा बाजुराको जगन्नाथ गाविस आसपास केन्द्रबिन्दु भई भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिम, मध्यपश्चिमलगायत जिल्लामा महसुस गरिएको थियो । रासस